Comments Add Comment

बौद्ध धर्मको ग्रन्थ ५ करोडमा बिक्री गर्ने प्रयास, ६ जना पक्राउ

२५ असार, काठमाडौं । सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पाना बिक्री गर्न खोजेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा खोटाङका गेहेन्द्रसिंह आत्रय, काभ्रेका जनक गिरी, ओखलढुंगाका सुवासकुमार बस्नेत, हरिबहादुर लामिछाने, काठमाडौंका राजेन्द्रबहादुर जोशी र नुवाकोटका रोशन तामाङ छन् ।

काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीका अनुसार चन्द्रागिरी नगरपालिकास्थित ढुंगेअड्डामा बुद्ध धर्मग्रन्थको बिक्री हुँदै गरेको सूचनाको आधारमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले ५ करोड रुपैयाँ उक्त ग्रन्थ बिक्री गर्न लागेका थिए । लगत्तै खटिएको प्रहरी टोलीले सुनौलो अक्षरले लेखिएको बुद्ध धर्म ग्रन्थको १६ पाना बरामद गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment