+
+
Shares

कास्कीमा पहिरोमा ज्यान गुमाउनेको परिवारलाई १ लाख

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २६ गते १६:०९

२६ असार, पोखरा । कास्कीका पहिरोमा परी ज्यान गुमाउनेको परिवारलाई १ लाख रुपैयाँ राहत र घाइतेलाई निशुल्क उपचार गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

‘मृतकका परिवारलाई प्रति मृतक १ लाखको दरले तत्काल राहत उपलब्ध गराउने तथा घाइतेको सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गरेका छौं’ समितिको निर्णयमा भनिएको छ । समितिले अन्य सरकारी मापदण्डका राहत पनि उपलब्ध गराउने निर्णय गरेको छ ।

कास्कीमा बिहीबारदेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेहरुको पोखराकै मणिपाल अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?