+
+

मध्य र पूर्वी चीन जलमग्न, १४० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २ गते ७:५६

२ साउन, काठमाडौं । मध्य र पूर्वी चीनको बस्ती बाढी र डुबानले नराम्रोसँग प्रभावित भएको छ ।

हालसम्म १ सय ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । केही हराइरहेका छन् । दसौं लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कतिपय पक्की घरहरु पनि भत्किएका छन् ।

चीनमा ६ दशकयताकै भारी वर्षा भएको बताइएको छ । बाढीले नौ वटा प्रान्त प्रभावित भएको बताइएको छ । अझै पाँच दिनसम्म भारी वर्षा हुने चीनका मौसमविदहरुले पूर्वानुमान गरेका छन् ।

चिनियाँ अधिकारीहरुले देशका ३३ वटा नदीहरुमा उच्च बहाव भएको जानकारी दिएका छन् । बुधबारबाट भने याङ्ग्त्जी नदीको मध्य र तल्लो तटीय क्षेत्रमा जल सतह विस्तारै घट्दै गएको जल संशाधन मन्त्रालयले जनाएको छ ।

चीनको ताजा पानीको सबैभन्दा ठूलो तलाउ भनेर चिनिने पोयाङ्गको धेरै ठाउँका बाँधहरु भत्किएका छन् । त्यहाँ सैनिक परिचालन गरी अस्थायी बाँध मर्मत गरिएको छ ताकि दक्षिण–पूर्वी चीनको चियाङ्गसिङ्ग प्रान्तको लुशान शहरलाई जोगाउन सकियोस् ।

बाढी र डुबानबाट प्रभावित भएकाहरुलाई उद्धार तथा राहत पुर्‍याउन सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको छ ।

चिनियाँ अधिकारीहरुले यो बाढी र डुबानले चीनको विकासमा कुनै असर नपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?