Comments Add Comment

प्रधानमन्त्रीको अयोध्या अभिव्यक्तिविरुद्ध जनकपुरधाममा प्रदर्शन

४ साउन, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमी अयोध्या नेपालको पर्सामा रहेको भनेर दिएको अभिव्यक्तिविरुद्ध जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

जानकी मन्दिरका महन्थ, साधुसन्तसहित बिभिन्न हिन्दू संघ–संगठनका पदाधिकारीले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध शनिबार प्रदर्शन गरेका हुन् । प्रधानमन्त्रीले हुँदै नभएको कुरा बोलेर दुई देश बीचको धार्मिक, सांस्कृतिक सम्बन्ध बिगार्न खोजेको उनीहरुको आरोप छ ।

‘जनकपुरधाम–अयोध्याधाम सम्बन्ध कायम रहुन्, प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिउन्, संस्कृति उपरको हमला बन्द गर, धर्म र आस्थामाथिको राजनीति बन्द गर’ जस्ता नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।

जनकपुरधामको बिभिन्न भागमा प्रदर्शन गर्दै स्थानीय जनक चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्नेहरुले प्रधानमन्त्रीले भगवान राम र सीतासँग माफी माग्नुपर्ने बताए । जनकपुरधाम–अयोध्याधामको सम्बन्ध अलग नहुने पनि उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment