Comments Add Comment

पुलिसिकको पहिलो सिजन हाजार्डको जस्तै : लाम्पार्ड

८ साउन काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले अमेरिकन विंगर क्रिस्टियन पुलिसिकले स्टानफोर्ड ब्रिजमा पहिलो सिजनमा पारेको प्रभावलाई एडेन हाजार्डसँग तुलना गरेका छन् ।

पुलिसिकले लिभरपुलविरुद्ध बेन्चबाट गएर गोल गरेपछि लाम्पार्डले दुई विंगरबारे चर्चा हुन् ।

प्रिमियर लिगमा बुधबार राति लिभरपुलसँग ५-३ ले पराजित भएको खेलमा पुलिसिकले बेन्चबाट मैदान प्रवेश गर्दै एक गोल गरेका थिए भने एक गोलका लागि सहयोगसमेत गरे ।

२१ वर्षीय अमेरिकन विंगरले पहिलो सिजन २४ खेल खेल्दा ९ गोल गरे भने ४ गोलका लागि सहयोग गरे ।

सन् २०१२-१३ मा चेल्सी पुगेका हाजार्डले पहिलो सिजन ३४ खेल खेल्दा ९ गोल गरेका थिए भने ११ गोलका लागि सहयोग गरेका थिए ।

त्यही सन्दर्भमा लाम्पार्डले पुलिसिकको प्रभाव रहेको बताएका हुन् । ‘उनी एकदमै महत्वपूर्ण छन् । उनले ठूलो प्रभाव पारेका छन्,’ चेल्सीका प्रशिक्षक लाम्पार्डले न्युज कन्फ्रेन्समा भने, ‘म हाजार्डको पहिलो वर्षमा यहीँ थिँए । प्रिमियर लिगमा आउनु त्यजि सजिलो थिएन ।’ पहिलो सिजन आएर प्रिमियर लिगमा खेल्नु सजिलो नहुने लाम्पार्डले बताए ।

उनले अहिले पुलिसिकले आफ्नो प्रदर्शन देखाएको बताए ।

मिड सिजनपछि पुलिसिकले मैदानमा राम्रो प्रदर्शन गरिरहेको लाम्पार्डले बताए ।

कोरोना महामारीपछि फेरि फुटबल सुरु हुँदा उनले राम्रो प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment