Comments Add Comment

‘आईपीएल १९ सेप्टेम्बरबाट’

९ साउन, काठमाडौं । बहुप्रतिक्षित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं संस्करण सेप्टेम्बर १९ देखि युएईमा हुने भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को विश्वस्त स्रोतले १९ सेप्टेम्बरदेखि लिग सुरु हुने र फाइनल नोभेम्बर ८ मा हुने बताएको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।

कोरोना भाइरस महामारीको कारण अनिश्चित बनेको आईपीएल टी-२० विश्वकप एक वर्ष पछि सरेपछि युएईमा आयोजना गर्ने तयारी भइरहेको हो ।

आईपीएलको गभर्निङ काउन्सिलले अर्को साता हुने बैठकमा यसबारे विस्तृतमा छलफल गर्ने तयारी गरेको छ ।

‘आईपीएल सेप्टेम्बर १९ मा सुरु हुने सम्भावना छ र फाइनल नोभेम्बर ८ मा हुनेछ । यो ५१ दिनको हुनेछ र फ्रेन्चाइज, ब्रोडकास्टर, स्टेकहोल्डर सबैलाई सुहाउने छ,’ बीसीसीआईको उच्च पदाधिकारीलाई उद्‍धृत गर्दै पीटीआईले जनाएको छ ।

आईसीसीले अष्ट्रेलियामा अक्टोबर नोभेम्बरमा हुने तय भएको टी-२० विश्वकप स्थगित गरेपछि आईपीएल आयोजना गर्ने बाटो खुलेको थियो ।

सेप्टेम्बरमा आईपीएल गर्नका लागि बीसीसीआईले सहभागी फ्रेन्चाइजका खेलाडीहरुलाई अगष्टसम्म युएईमा लैजाने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment