Comments Add Comment

कोरोना परीक्षणको दायरा बढाउन विज्ञको सुझाव

९ साउन, काठमाडौं । जनस्वास्थ्य विज्ञहरुले कोरोना परीक्षणको दायरा बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएका छन् ।

मन्त्री भानुभक्त ढकालकै उपस्थितिमा मन्त्रालयले शक्रुबार गरेको छलफलमा विज्ञरुले परीक्षणको गति नपुगेको बताएका हुन् । ‘देशभरमा ३३/३४ वटा प्रयोगशाला सञ्चालनमा छ भनिएको छ, तर दैनिक परीक्षण ४ हजार हाराहारी मात्र छ’ छलफलमा सहभागी डा. समीरमणि दीक्षितले भने, ‘परीक्षणको दायरा बढाउनुपर्ने सबैको जोड थियो ।’

विज्ञहरुले समुदाय स्तरमा संक्रमण गएको संकेतहरु देखिएकाले पनि परीक्षणको दायरा बढाउनुपर्ने बताएका छन् ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा‍‍. भगवान कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा संक्रमण हुनबाट जोगाउनुपर्ने बताएका छन् । जनस्वास्थ्यविद डा‍. सुजन मरहठ्ठाले कोरोनाको व्यपकता अझै फैलिने सम्भवना रहेको भन्दै यससँग सम्बन्धित थप अध्ययन र अनुसन्धानमा जोड दिए ।

डा. समिरमणि दीक्षितले कोरोना भाइरसको जिन सिक्वेन्सिङ गरेर वास्तविक अवस्था पत्ता लगाउनुपर्ने बताए । छलफलमा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्यकर्मीलाई महामारीबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

छलफलमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल प्रतिनिधि डा. जोस भ्यान्डेलरले खास ठाउँमा देखिएको संक्रमणलाई समूदायको भन्न नमिल्ने बताए । तर समुदायमा व्यापक संक्रमण हुन नदिन अझै सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिए ।

छलफलमा स्वास्थ्यमन्त्री ढकालले भने विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिने बताए । भारतबाट स्वदेश फर्किने नागरिकहरूको सीमा नाकामै स्वाब संकलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँचदिनपछि स्वाब संकलन गरेर कोरोना परीक्षणको काम भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment