
१३ साउन, काठमाडौं । विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबरका रुपमा आफूलाई चिनाउने अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो ।
बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवाकोटीलाई थुनामा पठाउन आदेश भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिपक थापाले अनलाइनखबरलाई बताए ।
शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको थियो । शिवाकोटीले प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखासम्म पुगेका थिए ।
घटना संवेदनशील भएकाले महाशाखाले एक जना महिला डीएसपीलाई खटाएर अनुसन्धान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4