Comments Add Comment

गुल्मीमा ९५ प्रतिशत धान रोपाइँ

१८ साउन, गुल्मी । समयमै वर्षा भएका कारण यसवर्ष गुल्मीमा साउनको तेस्रो सातासम्म ९५ प्रतिशत धान रोपाइँ भएको छ ।

अघिल्ला वर्षहरुमा समयमै पानी नपर्दा कृषकहरुको रोपाइँ ढिलो सुरु हुने गर्दथ्यो । केही ठाउँमा छिटफुट बाहेक रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्राविधिक हरिप्रसाद आचार्यले जानकारी दिए ।

जिल्लामा जेठको अन्तिम साताबाट साउन महिनाभर रोपाइँ हुने गर्दछ । अघिल्लो वर्ष जिल्लामा ९२ प्रतिशत रोपाइँ भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा धान रोप्न योग्य १० हजार हेक्टर क्षेत्रफल जमिन मध्ये ९ हजार क्षेत्रफलमा बर्खे धान उत्पादन हुने गर्दछ ।

एक हजार हेक्टर क्षेत्रफलमा चैते धान उत्पादन हुने गर्दछ । केही खेतमा चैते धानसहित मकै बाली समेत लगाउने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए । धान उत्पादनको पकेट क्षेत्र मानिएको इस्मा गाउँपालिका अम्मरपुर र मालिका गाउँपालिका अर्जेबेसीं, सत्यवती र चन्द्रकोट गाउँपालिकाका ठूला फाँटलाई चिनिन्छ ।

यसवर्ष कोरोना भाइरसको संक्रमणको सर्तकर्ता अपनाउन देशभर लकडाउन भइरहेकाले काम गर्ने जनसक्ती गाउँमै रहेकाले क्षेत्रफलसँगै धान उत्पादन वढने कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख घिमिरेले बताए ।

हाल जिल्लाभर रामधान, खुमल चार, खुमल छ, खुमल दश, हंसराज, मकवानपुर १, खुमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेको पाइएको छ ।

जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ । भने ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिँचाइको व्यवस्था रहेको छ । जस मध्ये ९ हजार ८ सय ७ क्षेत्रफलमा बर्खे धान रोपिँदै आएको छ भने ४ सय ४५ क्षेत्रफलमा चैते धान रोपिँदै आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा सबैजसो ठाउमा सिँचाइको पर्याप्त व्यावस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ ।

गाउँमा धेरै जनशक्ती विदेशिँदै जाने गर्नाले ज्याला मजदुरी गर्ने खेतालाहरु नपाउनु र उत्पादन गरेर भन्दा किन्न सस्तो पर्ने भन्दै किसानले रोप्न छोडेपछि खेतीयोग्य जमिन बाँझो हुनेक्रम पनि बढ्दै जान थालेको थियो । तर यसवर्ष धेरै जसो बाझो जमिनमा खेती गर्न फेरि सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment