बेलायतको विदेश मन्त्रालयमा कार्यरत एउटा चर्चित बिरालो सेवा निवृत्त भएको छ ।
लर्ड पाल्मेर्स्टन द चिफ माउसर नामको उक्त बिरालोले बेलायको कूटनीतिक सेवाको जागिरबाट स्वेच्छिक अवकाश लिएको बेलायतको परराष्ट्र मन्त्रायले जनाएको छ ।
अबकाससँगै अब यो बिरालोले बेलायतको ग्रामीण इलाकामा आफ्नो रिटायर्ड जीवन बिताउनेछ । परराष्ट्र मन्त्रालयकै एकजना अधिकारीको घरमा यो बिरालोले आफ्नो बाँकी जीवन बिताउनेछ ।
In 2016 Palmerston arrived from @Battersea_ , mouser & social media phenomenon, with 105K @Twitter followers. After 4½ happy years @DiploMog retires at end of August: he’s enjoyed lockdown life in countryside so much, he’s decided to stay. Everyone @foreignoffice will miss him ❤️ pic.twitter.com/wUCl7cWSGp
— Sir Simon McDonald (@SMcDonaldFCO) August 7, 2020
परराष्ट्र सेवाकै कर्मचारी अर्थात कूटनीतिज्ञकै रुपमा यो बिरालोलाई विदेश मन्त्रालयमा भर्ना गरी काममा खटाइएको थियो । यो बिरालो सन् २०१६ देखि विदेश मन्त्रालयमा कार्यरत थियो । यो बिरालोको नाम बेलायतका पूर्व विदेश सचिवको नामबाट राखिएको थियो ।
लण्डनस्थित विदेश मन्त्रालयमा कार्यरत यो बिरालो कहिलेकाहीँ आफ्नो कार्यालयको पर्खाल नाघेर राजदरबार भित्र छिरेर शाही सेवाको बिरालोसँग लडाइँ समेत गर्ने गर्दथ्यो । जसका कारण यो बिरालो झनै चर्चित बनेको थियो ।
बेलायतको विदेश तथा राष्ट्रमण्डल मन्त्रालयका स्थायी उपसचिव तथा कूटनीतिक सेवा प्रमुख सर साइमन म्याकडोनाल्डले यस बिरालोको अवकासको घोषणा गरे । निकै लोकप्रिय रहेको उक्त पाल्मेर्टसन नामक बिरालोको ट्वीटर ह्याण्डिल @Diplomog मा १ लाख भन्दा बढी फलोअर्स छन् ।
लकडाउनका बेला परराष्ट्र मन्त्रालयका अधिकारीको घरमा गएको सो बिरालोले उतै बस्न रुचि देखाएसँगै उसलाई स्वेच्छिक अवकास दिइएको हो । विदेश मन्त्रालयका सबैजनाले उक्त भूतपूर्व सहकर्मीलाई मिस गर्ने उनले बताए ।
– एजेन्सी