Comments Add Comment

‘रामायण’को रचना गर्ने वाल्मीकि को हुन् ?

राम एक पौराणिक पात्र हुन्, जसलाई ‘मर्यादापुरुष’को रुपमा चित्रित गरिएका छन् ।  कथा अनुसार उनी अयोध्यावासी  राजपुत्र हुन् । राजा दशरथ र रानी कौशल्यको जेठो पुत्रको रुपमा उनको जन्म भयो  । उनले मिथिलाका राजा जनककी पुत्री सीतासँग विवाह गरे । हिन्दु पद्धतीमा अस्था राख्नेहरुले रामलाई विष्णुको दश अवतारमध्ये एक मान्ने गरेका छन् ।

रामलाई नै केन्द्रमा राखेर लेखिएको पुस्तक हो, रामायण । यो एक महाकाव्य हो । यसमा ६ अध्याय र २४ हजार स्लोक छ । रामायणमा रामको जीवनको माध्यामबाट जीवनको सत्य र कर्तव्यबारे बताउन खोजिएको छ ।

राम एक पौराणिक पात्र हुन्, ‘रामायाण’को । उक्त महाकाव्य महर्षि वाल्मिकिले  रचना गरेका हुन् । संस्कृत भाषाको आदिकवि मानिने वाल्मिकिको जन्म नागा वंशमा भएको मानिन्छ ।

एक जोडी पंक्षीको विलाप सुनेपछि वाल्मिकीले रामायणको रचना गरेको मानिन्छ । रामायणको रचना गरेपछि नै उनी महाकवि वाल्मिकिको नामबाट प्रशिद्ध भए । आफ्नो महाकाव्य रामायणमा उनले अनेक घटनाको समय सूर्य, चन्द्र अन्य नक्षत्रको स्थितिको वर्णन गरेका छन् । यसबाट के पनि अनुमान लगाउन सकिन्छ भने ज्योषित विद्या एवं खगोल विद्याको पनि प्रकाण्ड ज्ञाता थिए ।

ऋषिमुनी बन्नुअघि उनी कुख्यात डाकु थिए भनिन्छ । त्यसबखत उनको नाम रत्नकर थियो । वाल्मिकी भील पुत्र थिए । उनी जंगलमै जन्मिए, हुर्किए । के भनिन्छ भने, उनीहरुको जीवनयापनको मूख्य आधार नै लुटपाट वा डकैती थियो । रत्नाकरले पनि आफ्नो पूर्खाहरुले झै डकैतीबाट जीवनयापनको बाटो रोजे । पछि उनले विवाह गरे । उनका सन्तान जन्मिए । सन्तानको पालनपोषणका लागि उनी अरु लुटपाट र हिंसा गर्न थाले ।

प्रचलित कथा अनुसार एकपटक साधुहरुको मंडली जंगलको बाटो हुँदै कतै गइरहेका थिए । रत्नाकरले उक्त साधु मंडलीलाई पनि लुटपाट एवं हत्या गर्ने धम्की दिन थाले । तर, साधु मण्डलीसँग विवाद गरिरहँदा उनलाई के बोध भयो भने आफुले पाप कर्म गरिरहको छु र यसको भागिदार आफुमात्र हुनुपर्नेछ । अन्ततः यसपछि उनलाई आफ्नो कर्मप्रति अति घृणा जाग्यो, ग्लानी भयो । त्यसपछि रत्नाकरले आफ्नो धन्दा छाडेर ध्यान–तपस्यामा लागे । उनी डाकु रत्नाकरबाट महर्षि वाल्मिकी भए । यही तपस्याको नतिजा थियो, रामायाण ।

महर्षि वाल्मिकीले रचना गरेको रामायाण यस्तो महाकाव्य हो, जसमा श्रीरामको जीवन–कथाको माध्यामबाट सत्यनिष्ठा, पिता प्रेम, कर्तव्य पालना, प्रेम वात्सल्य, सत्य र न्यायको कुरा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment