Comments Add Comment

रुसले कोरोनाविरुद्धको पहिलो खोप बनाएको पुटिनको घोषणा

२७ साउन, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पहिलो खोप बनाएको घोषणा गरेका छन् ।

मंगलबार उनले रुस मानिसमा परीक्षण शुरु भएको दुई महिनाभन्दा कम समयमा नै रुसले बनाएको खोपले नियामकको स्वीकृति पाएको बताएका हुन् ।

गमालेया नेशनल रिसर्च सेन्टरले निर्माण गरेको यो खोपलाई रुसले कोरोनाविरुद्धको खोपको मान्यता दिएको हो । यससँगै यो खोपलाई रुसको स्वास्थ्य मन्त्रालयले पनि सूचीकृत पनि गरिसकेको छ । यससँगै रुसका मानिसहरुमा कोरोनाविरुद्धको खोप अभियान शुरु गर्न बाटो खुलेको छ ।

अहिले विश्वभर कोरोना भाइरसविरुद्धको खोप विश्वभरका विभिन्न कम्पनीहरुले निर्माण गरिरहेका छन् तर अहिलेसम्म कुनै पनि खोपले अनुमति भने पाएका थिएनन् ।

यद्यपि रुसले निर्माण गरेको यो खोपमा भने धेरैले आशंका व्यक्त गरेका छन् । पुटिनले भने अहिले रुसले मान्यता दिएको कोरोनाविरुद्धको खोप प्रभावकारी र सुरक्षित भएको दाबी गरेका छन् । साथै उनले यो खोपले परीक्षणको लागि आवश्यक सबै प्रक्रिया पूरा गरेको उल्लेख गरेका छन् ।

पुटिनले अब छिटै नै रुसले कोरोना भाइरससविरुद्धको खोपको उत्पादन ठूलो परिमाणमा शुरु गर्ने बताए । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को तथ्यांक अनुसार अहिले विश्वभर एकसयभन्दा धेरै कोरोना भाइरसविरुद्धको खोप निर्माणको काम भइरहेको छ । जसमध्ये कम्तीमा चार खोप अन्तिम चरणको परीक्षणमा छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment