+
+

मुद्दा मिलाइदिने भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १५:५९

३० साउन, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेको मुद्दा मिलाइदिने भनेर ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौंको तरकेश्वर बस्दै आएका ३६ वर्षीय शंकरप्रसाद अधिकारी छन् ।

उनलाई सीआईबीको टोलीले पक्राउ गरेको एसपी बेलबहादुर पाण्डेल बताए । उनका अनुसार अधिकारीले काठमाडौंका एक व्यवसायीलाई सीआईबीका इन्स्पेक्टरलाई ५ लाख रुपैयाँ दिएमा मुद्दा मिल्ने बताउँदै ठगी गरेका थिए ।

उनले आफूलाई आलोचना साप्ताहिकको सम्वाददाताका रुपमा चिनाउने गरेको पाण्डेले बताए । उनले अन्य व्यक्तिलाई ठगी गरेको हुनसक्ने आशंकामा विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?