+
+
Shares

फेसबुकमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते २०:११

३० साउन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गरेको आरोपमा कास्कीबाट एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर-३ नदिपुर बस्ने २१ वर्षीय रोशन हमाल ठकुरी भन्ने रोशन हमाल रहेका छन् । विभिन्‍न व्यक्तिहरुको नक्कली फेसबुक आईडी बनाएर उनले ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

वीरगञ्जस्थित एक बैङ्कमा कार्यरत वरिष्ठ अधिकारीको नामको नक्कली (फेक) फेसबुक आईडी बनाएर हमालले साेही बैङ्कमा कार्यरत अर्का एक कर्मचारीलाई विश्वासमा लिएर एक लाख रुपैयाँ ठगी गरेको प्रहरीकाे आरोप छ ।

हमाललाई ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुरमा सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका हमाल यसअघि पनि विद्युतीय कारोबार ऐन विपरितको कसुरमा नौ महिना थुनामा बसेको र सार्वजनिक अपराध मुद्दामा ५ हजार धरौटी तिरेर छुटेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?