+
+
Shares

मेडिकल कलेजहरुलाई सरकारको निर्देशन : कोरोना संक्रमितको उपचार गर्नू

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३१ गते १६:५०

३१ साउन, काठमाडौं । सरकारले मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर कोभिड-१९ का विरामीहरुको उपचार गर्न निर्देशन दिएको छ ।

कोरोना संक्रमितहरुका लागि वेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई वेड बराबर छुट्टै आइसोलेसन भवन वा कक्ष बनाउन भनेको हो ।

यसअघि मन्त्रालयले देशभरका निजी तथा सामुदायिक अस्पतालहरुलाई २० प्रतिशत वेड कोरोना संक्रमितको लागि छुट्याउन निर्देशन दिएको थियो । साथै संक्रमितलाई आफ्नो निर्देशन विना हब अस्पतालमा रिफर नगर्न समेत भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?