+
+

अछाममा मृतकको संख्या ६ पुग्यो, १७ बेपत्ता

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ भदौ ३ गते १०:३७

३ भदौ, कैलाली । अछामको रामारोशन गाउँपालिका–५ मा थप २ जनाको शव फेला परेको छ । योसँगै बढीमा बगेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अझै पनि १७ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन ।

रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलका अनुसार कैलाश खोलाले सैनबजार क्षेत्र पुरै बगाएको छ । त्यहाँ रहेका करिब १६ घर बाढीले बगाएको छ । सैन बजार अहिले बगरमा परिणत भएको उपाध्यक्ष रावलले बताइन् । प्रहरीले भने यकिन विवरण आउन बाँकी रहेको जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् । उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ जाने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?