+
+
Shares

भोलि घाम उदाएपछि

नवीन नवीन
२०७७ भदौ ६ गते ७:२४

नसोध्नू मलाई–
किन तिमी निदाउन सक्दैनौ ?

यो मध्यराति
अँध्यारोले छपक्क छोपेको छ खुल्ला आँखालाई
ओल्टेकोल्टे फर्कन्छु
उत्तानो, घोप्टो पर्छु
निद्राले आज ठेगाना बिर्सेको छ
लुङ्दरमा मुड्की बजारिरहने हावासँगै बेपत्ता छ निद्रा
माने फनफन पारेर हिँडेको हत्केलासँगै बेपत्ता छ निद्रा
घण्टीमा ठोक्किएर हिँडेको निधारसँगै बेपत्ता छ निद्रा

खै, केको तिर्सनाले हो–
सिरानीभित्र सुटुक्क छिरिजान्छ तातो आँसु
खै, केको तिर्खाले हो– घाँटीमै सुकिजान्छ थुक

हिजै मात्र अफिसले–
‘भोलिबाट बिदा बस्नू’ भनेको छ

–अघिल्लै महिनाको कोठाभाडा तिर्न बाँकी छ
–अघिल्लै महिनाको उधारो तिर्न बाँकी छ
–अघिल्लै महिनाको कलेज फी तिर्न बाँकी छ

माउसुलीले छाडेको पुच्छरझैं
फिटिफिटी गरिरहेछ मन
हनुमन्ते खोलाले भत्काएको टहरोझैं
भत्किइरहेछ छातीको एउटा पाटो
सप्तकोसीबाट बस्ती पसेको पानीझैं
विगततिर पसिरहेछ वर्तमान
सरकारी गोलीले ढलेको नागरिकझैं
छटपटिइरहेछ वास्तविकता

बनिरहेछु उदास गीत– जो आजसम्म सुनिएको छैन
बनिरहेछु निराश कविता– जो आजसम्म पढिएको छैन
बनिरहेछु भावुक सिनेमा– जो आजसम्म हेरिएको छैन

खै, के पो सपना बोकेर सहर छिरेको थिएँ–
ठ्याक्कै सम्झना छैन
खै, के पो उत्साह बोकेर सहर छिरेको थिएँ–
ठ्याक्कै याद छैन

याद छ त केवल एउटै कुराको छ–
भोलि घाम उदाएपछि जागिरको खोजीमा निस्कनु छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?