Comments Add Comment

निराश नेमार

८ भदौ, काठमाडौं । सायद लिस्वनस्थित इस्टाडियो द लुसको त्यो रात नेमारको लागि थिएन । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि यी ब्राजिलियन खेलाडी आफ्नो प्रभाव छाड्न असफल भए । फाइनलमा पीएसजी जर्मन च्याम्पियन बायर्न म्युनिखसंग १-० ले पराजित भयो ।

सन् २०१७ मा बार्सिलोनाबाट पीएसजी पुगेका नेमारका लागि आफूलाई प्रमाणित गर्ने यो ठूलो अवसर थियो । तर त्यो अवसर गुम्यो ।

रेफ्रीले खेल सकिएको जनाउ दिन सिठ्ठी बजाउँदा नेमार आँशु रोक्न संघर्ष गरिरहेका थिए । तर सकेनन्, उनी पीएसजीको बेन्चमा बसेर हारको पीडा देखाइरहेका थिए ।

उपविजेताको पदक लिन जाँदा उनलाई प्रशिक्षक थोमस टुचालले र पीएसजीका अध्यक्ष नानस अल खेलाफीले सान्त्वना दिइरहेका थिए । यस्तै बायर्नका प्रशिक्षक हान्सी फ्लिकले पनि नेमारलाई सान्त्वना दिएका थिए ।

खेलका क्रममा नेमारले गोल गर्ने अवसर समेत पाएका थिए । बार्सिलोनाका यी पूर्व फरवार्डले पहिलो हाफमा वान अन वानको अवस्थामा गोल गर्न चुकेन । बायर्नका गोलकिपर मानुएल नोएले त्यसबेला उत्कृष्ट प्रदर्शन गरे ।

खेलपछि नेमारले ट्वीट गर्दै हार खेलको एक भाग रहेको भन्दै आफूले खेलमा सक्दो मेहनत गरेको बताएका छन् । ‘हार खेलको अंग हो । हामीले सक्दो प्रयास गर्‍यौँ । अन्त्यसम्म हामीले प्रतिस्पर्धा गर्‍यौँ’ नेमारले लेखेका छन्, ‘समर्थन गर्ने प्रत्येकलाई धन्यवाद र बायर्नलाई बधाई ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment