+
+
Shares

पुजारी हत्याको घटनामा गृहको सर्कुलरमाथि ११ संघ-संस्थाको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १२ गते १४:११

१२ भदौ, काठमाडौं । रौतहटस्थित एक मन्दिरका पुजारीको हत्यालाई लिएर विभिन्न ११ वटा धार्मिक संघ-संस्थाले साझा विज्ञप्ति जारी गरी विरोध जनाएका छन् ।

साथै, सो घटनाका सन्दर्भमा गृह मन्त्रालयले मातहतका निकायमा जारी गरेको परिपत्रमाथि पनि उनीहरुले आपत्ति जनाएका छन् ।

गत भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले हत्या गरेको थियो ।

गृह मन्त्रालयले सो घटनालाई लिएर हुने विरोध प्रदर्शनलाई नियन्त्रण गर्न भनि मातहतका निकायलाई परिपत्र गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यसले समग्र सनातन धार्मिक क्षेत्रप्रति सरकार निरंकुश भएको प्रतित भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निरपराध धार्मिक सन्तको हत्यामा राज्य आफैं संवेदनशील भएर न्याय दिनुपर्नेमा उल्टै न्इाय माग गर्ने समुहलाई कुदृष्टि राख्ने राज्यको कस्तो नीति हो ? यो घटनालाई राज्यले निष्पक्ष छानबिन गर्दैन कि भन्ने आशंका जन्माएको छ ।’

यस सम्बन्धमा गृहमन्त्रीको स्पष्ट जवाफसहितको सम्वोधन आउनुपर्ने धार्मिक अगुवाहरुले माग गरेका छन् । साथै मृतक साहका परिवारलाई उचित राहत प्रदान गर्न तथा देशका सबै धार्मिक अभियन्ताको सुरक्षामा गम्भीर हुन उनीहरुको आग्रह छ ।

विज्ञप्तिमा राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा. डा. माधव भट्टराई, विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल, विश्व हिन्दु महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष भरतराज पौडेल, नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, नेपाल पुरोहित संघका अध्यक्ष पं. देवेन्द्र लम्साल लगायतले हस्ताक्षर गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?