Comments Add Comment

केराउ र मरिचको आयात फुकुवा

१५ भदौ, काठमाडौं । सरकारले वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगहमा रोकिएको केराउ र मरिचको आयात फुकुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।

चैत्र १६ अगाडिनै सिपिङ भएका केराउ र मरिच फिर्ता पठाउन पनि नसकिएको र लामो समय भन्सार यार्डमा रोक्दा बिग्रीने खतरा भएकाले आयात अनुमति दिइएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

डकुमेन्ट अगेन्स्ट पेमेन्ट (डीएपी) प्रक्रियाद्धारा आयात भएका ६ सय कन्टेनर केराउ सुख्खा बन्दरगाहामा थन्किएको थियो ।

भन्सारमा आईपुगेका ४८ कन्टेनर मरिचमध्ये ४७ कन्टेनर भने भियातनाम फिर्ता भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment