Comments Add Comment

भरतपुर अस्पतालका मेसु र स्त्री रोग विभागीय प्रमुख कोरोनामुक्त

मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी

१९, भदौ, चितवन । चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी कोरोना संक्रमणमुक्त भएका छन् ।

डा. तिवारी तिवारीसँगै अस्पतालका स्त्री तथा प्रसुती रोग विभागका विभागीय प्रमुख प्रा.डा. सुनिलमणि पोखेरल पनि कोरोनामुक्त भएको भरतपुर अस्पतालले जनाएको छ । उनीहरु दुवैजना संक्रमण भएको २० दिनपछि कोरोनामुक्त भएका हुन् ।

उनीहरु दुवैलाई साउन ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । तिवारी भरतपुर अस्पतालकै आइसोलसेन सेन्टरमा बसेर उपचार गराइरहेका थिए ।

डा. पोखरेल क्वाटरमा नै बसेका थिए । मेसु डा. तिवारीले कोरोना संक्रमणमुक्त भएकोल आफू भोलीबाट नै पूर्णरुपमा काममा फर्किने बताए ।

‘अस्पतालका दैनिक व्यवस्थापकीय कामहरु गर्नुपर्ने छ, कतिपय स्वास्थ्यकर्मीलाई पनि देखिएर उपचार व्यवस्थापनमा चुनौती छ, सबै कुराको म्यानेज गर्नुपर्ने भएकोले म नियमित काममा फर्किन्छु,’ मेसु डा. तिवारीले भने, ‘मन्त्रालयबाट आएका तीनबटा भेन्टिलेटर जोड्ने काम हुँदैछ, पाँच बटाको नयाँ टेण्डर निकालेका छौं ।’

उनले १४ दिनपछि प्लाज्मा थेरापीका लागि आफूले रगतसमेत दिने बताए । स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा. सुनिलमणि पोखरेलले कोरोना संक्रमित भएर बस्दासमेत आफ्ना बिरामीहरुको नियमित सम्पर्कमा रहेर फोनबाट सरसल्लाह र विभागमा आवश्यक निर्देशन दिएको बताए ।

अस्पतालको प्रसूति सेवालाई कोभिडले चुनौती दिइरहेको भन्दैं अब आफू निको भएकोले काममा फर्किएर थप व्यवस्थापन मिलाउने उनले बताए ।

भरतपुर अस्पतालका संक्रमित ३२ जना कर्मचारी मध्ये ६ जना काेराेना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment