Comments Add Comment

अमेरिकाको क्यालिफोर्नियामा भीषण आगलागी, तीनजनाको मृत्यु

२५ भदौ, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको उत्तरी क्षेत्रस्थित जंगलमा लागेको आगलागीले ठूलो रुप लिएको छ ।

केही दिनदेखि आगलागी जारी रहेको यो क्षेमा आएको हावाहुरीको कारण आगलागीले ठूलो रुप लिएको छ । आगलागी पहाडी क्षेत्रमा रहेको सानो समुदायमा पनि फैलिएको र जसको कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य केही मानिसहरु गम्भीर घाइते भएका छन् ।

साथै आगो नरोकिए अझै पनि हजारौं घरहरु ध्वस्त हुन सक्ने अधिकारीहरुले बताएका छन् । २० हजार मानिसहरुलाई सुरक्षित स्थानमा गएर बस्न अधिकारीहरुले निर्देशन दिएका छन् ।

केही दिनयता जारी रहेको आगलागी मंगलबारदेखि बुधबारको बीचमा आगलागी ६ गुणाले बढेको हो । आगलागी जारी रहेको अवस्थामा आएको ठूलो हावाहुरीले आगलागी बढाएको हो ।

अधिकारीहरुले आगलागी अझै ठूलो बन्दै गइरहेको भन्दै मानिसहरुलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

अगष्टको मध्ययता क्यालिफोर्नियामा आगलागीको कारण आठ जनाको मृत्यु भइसकेको छ । साथै तीन हजार ६ सयभन्दा धेरै संरचना ध्वस्त भइसकेको छ । साथै धेरै मानिसहरु विस्थापित भइसकेका छन् ।

स्रोत : एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment