+
+

कुलमानका समर्थकलाई माइतीघरमा प्रहरीले लखेट्यो

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ भदौ ३१ गते १४:२३

३१ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

समूह समूहमा माइतीघरतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले सडक छेउमै हस्तक्षेप गरेर लखेटेको छ । प्रदर्शनकारीलाई लखेट्न पानीको फोहोरा पनि हानिएको थियो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भदौ २९ देखि विदाइ भएका छन् । तर उनलाई पुनः नियुक्ति गर्नुपर्ने भन्दै सडकमा र सामाजिक सञ्जालबाट दबाब बढेको छ ।

तर सरकारले कोरोना महामारी रोकथामका लागि लगाइएको निषेधाज्ञामा काठमाडौं उपत्यकामा भेला, प्रदर्शन गर्न रोक लगाइएको छ ।

हेर्नुहोस् तस्वीरहरु

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?