+
+

छालाको एलर्जीमा घरेलु ओखती

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १९ गते १३:२४

छालाको एलर्जी भएमा चिलाउने, रातो हुने, बिबिरा आउने, दाग देखापर्ने जस्ता समस्या हुन्छ । मौसम एवं हावापानी, प्रदूषण, विभिन्न बनस्पती आदिको कारण पनि छालामा एलर्जी हुनसक्छ । त्यस्तै किराहरुको टोकाइबाट समेत यस्तो समस्या आउँछ । औषधिको साइड इफेक्ट भएमा, साबुनको कारण, सौन्दर्य प्रसाधनको कारण पनि एलर्जी आउनसक्छ । एलर्जी सामान्यत आफै निको हुन्छ । तर, कतिपय एलर्जीले भने निकै दुःख दिन्छ ।

एलर्जीको जटिलता वा स्थिति हेरेर चिकित्सकको परामर्श लिनु उपयुक्त हुन्छ । यद्यपि सामान्य अवस्थामा भने घरेलु विधीबाट पनि यसको उपचार खोज्न सकिन्छ ।

जैतुनको तेल

स्किनको लागि भिटामिन ‘ई’ निकै राम्रो मानिन्छ । भिटामिन ‘ई’ को राम्रो स्रोत भनेको ओलिभ आयल अर्थात जैतुनको तेल पनि हो । जैतुनको तेलमा भरपूर मात्रामा भिटामिन ‘ई’ पाइन्छ । यसले अनुहारलाई मुलायम राख्नुका साथै अनुहारलाई सुख्खा हुन दिदैन ।

जैतुनको तेलमा थोरै मह मिसाएर छालामा लगाउनाले छाला चिलाउने समस्या कम हुँदै जान्छ । साथै, नियमित रुपमा यसको प्रयोगले छाला चिलाउने समस्या पूर्णतया निको हुन थाल्छ ।

त्यसैले, जैतुनको तेलमा थोरै बेसार मिसाएर एलर्जी भएको ठाउँ वरिपरि लगाउनाले पनि एलर्जीबाट राहत मिल्छ ।

बेकिङ्ग सोडा

एलर्जीको ठाउँ वरिपरि बेकिङ्ग सोडाको प्रयोगले छालाको रातोपना कम हुनुका साथै छाला चिलाउन कम हुने गर्छ । विशेषगरी बेकिङ्ग सोडामा थोरै पानी मिसाएर त्यसलाई चिलाएको ठाउँ वरिपरि लगाउनु पर्छ र केही समयका लागि छोड्नु पर्छ । अब त्यसलाई सफा पानीले धुनुपर्छ । बेकिङ्ग सोडालाई पानीको सट्टा नरिवलको तेलमा मिसाएर पनि लगाउन सकिन्छ ।

ओट मिल

सामान्यतया नास्तामा सेवन गरिने ओट मिल छालाको लागि समेत निकै उपयोगी मानिन्छ । थोरै ओट मिललाई राम्ररी पिसेर त्यसलाई तातो पानीमा मिसाएर उक्त पानीले एलर्जी भएको ठाउँ पखाल्नाले पनि एलर्जीबाट छुटकारा पाउन सकिन्छ ।

घिउ कुमारी

घिउकुमारी छाला सम्बन्धि समस्याहरुका लागि रामवाण मानिन्छ । घिउकुमारीमा पाइने एन्टी फंगल तत्वले एलर्जीलाई पूर्णतया नष्ट गर्न मद्दत गर्छ ।   यसको लागि ताजा घिउकुमारी जेललाई एलर्जीको वरिपरि लगाउनु पर्छ । त्यसलाई २० मिनेट जति त्यत्तिकै छोडेर सफा पानीले धुनु पर्छ । यति गरेमा मात्र पनि स्किन सम्बन्धि एलर्जीहरुबाट शरीरलाई राहत मिल्ने गर्छ ।

बरफको सेकाई

हात खुट्टा सुन्निएमा, पोलेमा, फुलेमा, चिलाएमा वा स्किन सम्बन्धि कुनै पनि समस्या भएमा चिकित्सकहरु वरफले सेक्न सुझाव दिने गर्छन् । चिसो वरफले सुन्निएको ठाउँमा सेकेको अवस्थामा सुन्निएको भाग तुरुन्तै बस्न थाल्छ । साथै चिलाउन समेत कम हुँदै जान्छ ।

नीमको पत्ता

कुनै पनि स्किन सम्बन्धि समस्याहरुलाई नीमको प्रयोग लाभकारी मानिन्छ । नीममा एन्टी पंmगल, एन्टी एलर्जीक तथा एन्टी व्याक्टेरियल तत्व हुन्छ । नीममा पाइने यी तत्वकै कारण नीमलाई कुनै पनि रोगमा प्रयोग गर्न सकिन्छ ।

धनिया

धनियाँ एक प्रकारको आयुर्वेदिक औषधि हो । छालाको रातोपना तथा सुन्निने समस्या कम गर्न धनिया निकै उपयोगी मानिन्छ । पिसेको धनियालाई एलर्जी भएको ठाउँमा लगाएर त्यसलाई करिब २० मिनेटसम्म छोड्नु पर्छ । अब यसलाई पानीले राम्ररी सफा गर्नुपर्छ । यो प्रक्रियालाई तीन -चार दिनसम्म  नियमित रुपमा दोहो¥याएको अवस्थामा केही राहत पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?