+
+
Shares

चाडपर्वको मौका छोपेर बढी भाडा लिने ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २० गते १८:४९

२० असोज, काठमाडौं । नजिकिँदै गएको चाडपर्वको मौका छोपेर बढी भाडा लिने ५ जना पक्राउ परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले बढी भाडा लिएको आरोपमा बिमल खत्री, किरण पौडेल, जितेन्द्र साह, मदन भुजेल र धर्मेन्द्र यादवलाई पक्राउ गरेको हो । खत्री र पौडेल कोटेश्वरस्थित काउन्टरबाट तथा साह, भुजेल र यादव बल्खुबाट पक्राउ परेका हुन् ।

महाशाखाका अनुसार उपत्यका बाहिर जाने यात्रुसँग बढी भाडालिएर टिकट काटेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चाडपर्वलाई मध्यनजर गरी सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरी बढी भाडा लिनेविरुद्ध कारबाही चलाएको जानकारी दिए ।

पक्राउ पर्ने व्यक्तिहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?