Comments Add Comment

‘लक्ष्मी पूजा’को ‘फुर फुर पुतली’मा सलोन र रियाशा

चलचित्र ‘लक्ष्मी पूजा’ कात्तिक ७ गतेबाट रिलिज हुँदैछ । हलमा पनि रिलिज गर्ने भनिएको यो चलचित्र अब हल नखुलेपछि टेलिभिजनमा रिलिज हुँदैछ । यो चलचित्रमा समावेश ‘फुर फुर पुतली’ बोलको गीत सार्वजनिक गरिएको छ । माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द, विपिन आचार्यको संगीत छ ।

यो गीतको भिडियोमा चलचित्रका अतिथी कलाकार नायक सलोन बस्नेत र मोडल रियाशा दाहालले नृत्य गरेका छन् । साथमा, चलचित्रका मुख्य कलाकार जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेलीलाई गीतको भिडियोमा देख्न सकिन्छ । निर्माणपक्षले प्रमोशनल गीतको रुपमा तयार पारेको यो गीतको अडियो र भिडियो औषत छ । रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, गौतमराज खड्काको सम्पादन यो भिडियोमा ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ । यो चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment