+
+
Shares

मुकुनसँग बेनिशाको ‘भाँडाकुटी’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते १३:१३

चलचित्र ‘घर’मा काम गरेपछि नायिका बेनिशा हमालले नयाँ चलचित्र साइन गरेकी थिइनन् । यो विचमा बेनिशाले आफैले अभिनय गरेका केही चलचित्रको सिक्वेलमा काम गर्ने चर्चा चलेपनि त्यो पक्का भएको छैन ।

बेनिशा भारतको मुम्बइमा चलचित्र मेकिङको अध्ययन गरिरहेकी थिइन् । तर, कोरोना भाइरस संक्रमण बढेसँगै भएको लकडाउनका कारण बेनिशा हमाल नेपाल आइन् ।

अब, भने बेनिशाले नयाँ चलचित्रमा काम गर्ने तयारी थालेकी छिन् । नायिका बेनिशा हमालले चलचित्र ‘भाँडाकुटी’मा काम गर्दैछिन् । यो चलचित्रमा उनको साथमा कलाकार मुकुन भुषालको मुख्य भूमिका रहनेछ ।

चलचित्रले जातीयताको कथा भन्ने वुझिएको छ । बेनिशाले चलचित्रको कथा राम्रो लागेपछि आफूले साइन गरेको सुनाइन् ।

यो चलचित्रको छायांकन फागुणबाट गर्ने योजना यसको निर्माणपक्षको छ । किरण बीकेको निर्देशनमा तयार हुने चलचित्रलाई लिएर बेनिशा उत्साहित छिन् ।

चलचित्र ‘बुलबुल’मा काम गरेपछि कलाकार मुकुन भुषालको चर्चा पनि चलचित्र बजारमा राम्रो छ । यी दुई कलाकारको जोडी पर्दामा कस्तो देखिनेछ, चलचित्र निर्माणपछि थाहा हुनेछ । तर, ‘भाँडाकुटी’ले लामो समयदेखि खाली बसेकी बेनिशालाई केही राहत भने दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?