Comments Add Comment

कश्मीरमा भाजपाका तीन कार्यकर्ताको गोली हानी हत्या

Photo Credit : AP

१४ कात्तिक, काठमाडौं । भारतको कश्मीरमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का तीनजना कार्यकर्ताको गोली हानी हत्या भएको छ । बिहीबार आक्रमणकारीहरुले कश्मीर उपत्यकाको कुलगाम जिल्लामा कारमा यात्रा गरिरहेका तीनजनामाथि आक्रमण गरेका थिए । प्रहरीले दिएको जानकारी अनुसार आक्रमणबाट गम्भीर घाइते भएका उनीहरुको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले यसलाई आतंकवादी आक्रमणको संज्ञा दिएको छ ।

बिहीबार बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना पार्टीका युवा कार्यकर्ताको हत्याको भर्त्सना गरेका छन् । उनले आफ्ना कार्यकर्ताहरुले कश्मीरमा गरेको उत्कृष्ट कार्यको कारण उनीहरुको हत्या भएको बताएका छन् । उनले यो आक्रमणका दोषीहरुले उन्मुक्ति पाउन नसक्ने बताएका छन् ।

प्रहरीले उक्त क्षेत्रमा आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ । अहिलेसम्म कसैले पनि यो घटनाको जिम्मेवारी लिएको छैन । कश्मीरमा भारतको जुनसुकै क्षेत्रका नागरिकले पनि जमिन किन्न पाउने नियम कार्यान्वयनमा आएको दुई दिनमा नै बिहीबार यो आक्रमण भएको हो ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment