+
+
Shares

फ्लोरिडामा ट्रम्पलाई सफलता

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १९ गते १२:१०

१९ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा निर्णायक मानिएका राज्यमध्येको एक फ्लोरिडामा ट्रम्पलाई सफलता मिलेको छ । २९ इलेक्टोरल कलेज भोट रहेको यो राज्यमा ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनलाई पराजित गरेका हुन् ।

९८ प्रतिशत मतगणना सकिँदा ट्रम्पले ५१ दशमलव २८ प्रतिशत मत पाएका हुन् भने बाइडनको पक्षमा ४७ दशमलव ८२ मत परेको छ । यो राज्यमा उनीहरुको बीचमा तीन लाख ८१ हजारभन्दा धेरै मतको अन्तर देखिएको हो । सन् २०१६ निर्वाचनमा यो राज्यमा ट्रम्पले हिलारी क्लिन्टनमाथि एक दशमलव २ प्रतिशत अंकले जित हात पारेका थिए । यो निर्वाचनमा भने उक्त अन्तर बढी हुन सक्ने अपेक्षा गरिएको छ ।

अहिलेसम्मको मत गणनामा बाइडन ट्रम्पभन्दा अगाडि देखिएका छन् तर निर्णायक राज्यहरुमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । प्रारम्भिक नतिजाअनुसार निर्णायक राज्यहरुमा ट्रम्प बाइडनभन्दा अगाडि देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?