Comments Add Comment

क्रिकेट संघले सच्यायो खेलाडीको ग्रेडिङ, राजवंशी बी ग्रेडमा

२२ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरुको ग्रेडिङ (बर्गीकरण) मा भएको त्रुटि सच्याएको छ ।

क्यानले गते असोजमा पुरुष र महिला क्रिकेट खेलाडीहरुको बर्गीकरण गरेको थियो । तर ग्रेडिङ त्रुटीपूर्ण भएको भन्दै क्रिकेट खेलाडी संघले असन्तुष्टि जनायो भने राष्ट्रिय खेलकुद परिषदले स्पष्टीकरण सोधेको थियो ।

क्यानको शनिबार सम्पन्न भर्चुअल बोर्ड बैठकले ग्रेडिङको त्रुटि सच्याएको छ ।

सोमपाल कामीलाई बीबाट ए, अविनाश बोहोरालाई सीबाट बीमा बढुवा गरेको छ भने ललितनारायण राजवंशीलाई बी र सन्दीप जोरालाई सी ग्रेडमा राखिएको छ ।
जबकी असोजमा भएको ग्रेडिङमा ललित र सन्दीप दुबैलाई समावेश गरिएको थिएन ।

महिलातर्फ सरस्वती चौधरीलाई बी तथा ममता चौधरी र सुमन खतिवडालाई सी ग्रेडमा राख्ने निर्णय भएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् ।

राष्ट्रिय टिमबाट तीनै जना असोजमा भएको बर्गीकरणमा नपरेका कारण क्यानको केन्द्रीय सम्झौतामा परेका थिएनन् । जबकी राष्ट्रिय टिमबाट खेल्दै नलेखेको केही क्रिकेटरलाई बी र सी ग्रेडमा राख्ने निर्णय भएको थियो ।

जसका कारण पहिलो पटक भएको महिला क्रिकेटरहरुको ग्रेडिङ पनि विवादित बनेको थियो । क्यानले अहिले ग्रेडिङमा परिसकेकाहरुलाई चलाएको छैन तर यसअघि छुटेका तीनलाई बर्गीकरणमा समावेश गर्ने निर्णय गरेको छ ।

परिमार्जित वर्गीकरण अनुसार पुरुषतर्फ २० र महिलातर्फ २२ खेलाडीलाई केन्द्रीय सम्झौतामा परे ।

पुरुषतर्फ ‘ए’ ग्रेडमा परेका खेलाडीले ५० हजार, ‘बी’ले ४० हजार र ‘सी’ले मासिक ३० हजार तलब पाउने छन् । महिलातर्फ ‘ए’ ग्रेडमा परेकाले १५ हजार, ‘बी’ ले १२ र ‘सी’ मा परेकाले मासिक १० हजार पाउने छन् ।

कोरोना महामारीका कारण खेलाडीहरुको यो सम्झौता २०२० जनवरीदेखि ६ महिनाको मात्र हुने क्यानले बताएको छ ।

केन्द्रीय सम्झौतामा परेका खेलाडीहरु

पुरुष 

ए ग्रेड: पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी,दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी,

बी ग्रेड: सुसन भारी, आरिफ शेख, पवन सर्राफ, अविनास बोहरा

सी श्रेणी: सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, ललित राजवंशी, सन्दीप जोहरा

महिला

ए ग्रेड: रुबिना क्षेत्रि, नेरी थापा, इन्दु बर्मा,सिता राना मगर, करुणा भण्डारी

बी ग्रेड: ज्योति पाण्डे, अप्सरी बेगम,रोमा थापा, बिन्दु रावल, कविता जोशी, ऋतु कजौनिया,काजल श्रेष्ठ, सरिता मगर, सरस्वती चौधरी

सी ग्रेड: कविता कुँवर,डोली भट्ट,अनुराधा चौधरी, सोनु खड्का,अञ्जली चन्द, सोभा आले, सुमन खतिवडा, ममता चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment