+
+
Shares

बारामा आगलागीबाट ७ घर जले

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते १२:०५

२५ कात्तिक, वीरगञ्ज । बारामा आगलागीबाट ७ वटा फुसको घर जलेर नष्ट भएका छन् । कलैया उपमानगरपालिका- २४ सखुई बस्ने शोभालाल चौधरीको घरमा अचानक आगलागी हुँदा ७ वटा घर जलेर नष्ट भएका हुन् ।

आगलागीबाट ८ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

आगलागीमा परी स्थानीय शोभा लाल चौधरी, टुकल महतोको २/२ लाख, राम अवतार चौधरीको १ लाख, शिशुपाल चौधरी, राम किशोर चौधरी र करी खाँ थारुको ५०/५० हजार तथा राम लाल चौधरीको १ लाख ८५ हजार मूल्य बराबरको क्षति भएको अनुमान गरिएको प्रहरी चौकी पचरौताले जनाएको छ ।

सामेबार साढे ४ बजेबाट अचानक आगलागी सुरु भएको थियो । आगो लाग्नुको कारण खुलेको छैन ।

दमकलको मद्दतमा प्रहरी र स्थानीय बासिन्दाले सवा ७ बजे आगो नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?