Comments Add Comment

फिलिपिन्समा समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या ६७ पुग्यो

३० कात्तिक, काठमाडौं । फिलिपिन्समा शक्तिशाली भाम्को समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

फिलिपिन्सको नेसनल डिजास्टर म्यानेजमेन्ट एजेन्सीले आइतबार दिएको जानकारीअनुसार अझै १२ जना मानिसहरु अझै हराइरहेका छन् ।

समुद्री आँधीपछिको अवस्था बुझ्न राष्ट्रपति रोडि्रगो डुटेर्टे उत्तरी प्रान्त टुगुईगाराडोको भ्रमणमा आइतबार जाँदैछन् । यो प्रान्तको कागायन भ्यालीमा ठूलो बाढी आएको छ । त्यस्तै राजधानी सहर मनिला, लुजोन टापुलगायतका विभिन्न क्षेत्रमा पनि समुद्री आँधीपछि भारी मात्रामा वर्षा भइरहेको छ । कागायनमा अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ भने लुजोन प्रान्तमा १७ जनाको मृत्यु भएको छ ।

साथै समुद्री आँधीपछिको विभिन्न घटनामा परी २१ जना मानिसहरु घाइते भएका छन् । कागायनको धेरै खेतीयोग्य जमिनहरु डुबानमा परेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले बताएको छ । समुद्री आँधीपछिको वषर्ा तथा बाढीको कारण करिब २६ घरहरुमा क्षति पुगेको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment