Comments Add Comment

अनमोलसँग तुलना नगरिदिनुहोस्ः अभिषेक श्रेष्ठ

मोडल अभिषेक श्रेष्ठलाई पहिलो पटक भेट्ने जो कोहीले पनि नायक अनमोल केसी जस्तो भन्ने गर्छन् । अनमोल केसीसँग अनुहार मिलेका कारण पनि अभिषेकको चर्चा उनको कामले कम हुने गरेको छ । यो कुराले अभिषेकलाई व्यक्तिगत र व्यवसायीक रुपमा घाटा पुगिरहेको छ ।

युटुबमा सार्वजनिक भएको ‘लगनगाँठो’ बोलको गीतको भिडियोमा देखिएका अभिषेकले भने–‘मैले म्यूजिक भिडियोबाट करिअर सुरुवात गरेको हुँ । अहिले राम्रा–राम्रा म्यूजिक भिडियोमा काम गरिरहेको छु । म काम गर्न पाउँदा निकै खुशी हुन्छु । तर, जब भिडियोमा आएका प्रतिक्रिया हेर्छु, म निराश बन्छु । कसैले डुब्लिकेट भनिदिनुहुन्छ, कसैले ठ्याक्कै अनमोल जस्तो भनिदिनुहुन्छ । म सबैलाई मेरो काम हेरेर मुल्यांकन गरिदिन आग्रह गर्दछु ।’

अभिषेक अब आफ्नो तुलना अनमोल केसीसँग नहोस् भन्ने चाहन्छन् । चलचित्र क्षेत्रमा सफल भैसकेका कलाकारसँग नाम मिल्दा त नयाँ कलाकारको करिअर अगाडि बढ्न समस्या भैरहेको अवस्थामा अनुहार नै मिलेको भनेर तुलना हुँदा अभिषेकलाई अप्ठ्यारो परेको छ । अभिषेक भन्छन्–‘म अझै मिहिनेत गर्न चाहन्छु, अझै दर्शकलाई आफ्नो कामबाट खुशी बनाउन चाहन्छु । मैले, अनमोल दाइको स्टाइल कपी गरेको छैन । स्टाइल नै कपी गरेको भए तुलना गर्न सुहाउँछ । तर, अनुहार मात्र मिल्यो भनेर काम नै ओझेलमा पर्दा दुःख लाग्ने रहेछ ।’

अभिषेकले आफू स्टार बन्न यो क्षेत्रमा नआएको बताए । भने–‘मलाई स्टार बन्ने सपना छैन । कसैले मेरो काम हेरेर तारिफ गरिदियो भने म खुशी हुन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment