Comments Add Comment

नवजात शिशुमा पनि देखियो कोरोना एन्टिबडी

१४ मंसिर, काठमाडौं । सिंगापुरमा एक महिलाले एन्टिबडीसहितको बच्चाको जन्म दिएकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उक्त महिला गर्भवती हुँदाको अवस्थामा नै कोरोनाबाट संक्रमित भएकी थिइन् । यससँगै आमाको शरीरमा कोरोना एन्टिबडी बच्चामा पनि सर्न सक्छ भन्ने नयाँ क्लु फेला परेको छ ।

नोभेम्बरमा नै जन्मिएको उक्त बच्चामा कोरोना संक्रमण नभएको तर उसको शरीरमा कोरोना एन्टिबडी पाइएको हो । बच्चाकी आमा केलाइन एनजी चाङले डाक्टरहरुले आफूबाट बच्चामा एन्टिबडी सरेको हुन सक्ने बताएको बताएका छन् ।

चाङ यसअघि गत मार्चमा कोरोना संक्रमित भएर साढे दुई साता अस्पतालमा बसेर डिस्चार्ज भएकी थिइन् । उनले नेशनल युनिभर्सिटी अस्पिटलमा एन्टिबडीसहितको बच्चालाई जन्म दिएकी हुन् । यस विषयमा हस्पिटलले भने कुनै प्रतिक्रिया दिएको छैन ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अहिलेसम्म आमाबाट बच्चामा कोरोना एन्टिबडी सर्छ वा सर्दैन भन्ने थाहा नभइसकेको बताएको छ । अहिलेसम्म आमाको दूधमा कोरोना भाइरस भेटिएको छैन । डाक्टरहरुले भने यस किसिमको घटना दुर्लभ हुने बताएका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment