+
+
Shares

डोटीमा जिप दुर्घटना, वडा सचिवसहित ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २१ गते ६:२१

२१ मंसिर, कैलाली । डोटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिका ७ मा म १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका ७ कि वडा सचिव मन्जु त्रिपाठी र केआई सिंह गाउँपालिका-४ का ४० वर्षीय हरि नाराण्ण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनक राज पाण्डेले बताए । अर्की एक जना अन्दाजी ५०–५५ वर्षीया महिलाको सनाखत हुन नसकेको उनले बताए ।

डोटीको दिपायलबाट बोगटान फुड्सिल आउँदै गरेको जिप गएराति करिब साढे १ बजे बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ को चवराचौतारामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षीय चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी र नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।

जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?