Comments Add Comment

बुण्डेसलिगा : बायर्न र लाइपजिगले अंक बाँडे

२१ मंसिर, काठमाडौं । जर्मन बुण्डेसलिगामा शीर्ष दुई टिम बायर्न म्युनिख र आरबी लाइपजिगले बराबरी खेल्दै अंक बाँडेका छन् । गएराति भएको खेलमा बायर्न र लाइपजिगले ३-३ गोलको बराबरी खेलेका हुन् ।

बराबरीपछि बायर्न पहिलो र लाइपजिग दोस्रो स्थानमा यथावत नै छ । एलिएन्ज एरेनामा भएको खेलमा क्रिस्टोफर एनकुन्कुले १९औं मिनेटमा गोल गर्दै लाइपजिगलाई पहिले अग्रता दिलाएका थिए ।

तर अग्रता लामो समय टिकेन । ३०औं मिनेटमा जमल मुसिएलाले बायर्नका लागि बराबरी गोल फर्काए भने त्यसको चार मिनेटपछि थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए ।

बायर्नको अग्रता पनि लामो समय टिकने । ३६औं मिनेटमै जस्टिन क्लुभिर्टले लाइपजिगका लागि बराबरी गोल गरे ।

पहिलो हाफ २-२ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टिमले एक-एक गोल थपे । ४८औं मिनेटमा एमलि फोसवर्गले गोल गर्दै लाइपजिगलाई फेरि अग्रता दिलाएका थिए । तर ७५औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-३ को बराबरी गरे ।

बराबरीपछि बायर्न १० खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा छ । समान खेलबाट लाइपजिग २१ अंकसहित दोस्रोमा छ । अर्को खेलमा तेस्रो स्थानको बोरुसिया डर्टमण्ड एनट्राट फ्रांकफुर्टसँग १-१ को बराबरीमा रोकिएपछि लाइपजिगलाई फाइदा पुगेको हो ।

घरेलु मैदानमा दाइची कामाडाले नवौं मिनेटमै गोल गर्दै फ्रांकफुर्टलाई अग्रता दिलाएका थिए । ५६औं मिनेटमा जिओभानी रेयनाले डर्टमण्डका लागि बराबरी गोल फर्काए । बराबरीपछि १० खेलबाट १९ अंक जोड्दै डर्टमण्ड तेस्रो स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment