+
+
कोशी कोभिडमा तीन करोड चलखेल :

‘ठेक्का लागिसक्यो र ! मैले बुझ्नै पाएको छैन’

हरि अधिकारी हरि अधिकारी
२०७७ मंसिर २२ गते २०:२७

२२ मंसिर, विराटनगर । कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा स्वास्थ्य सामग्री खरिदमा तीन करोड चलखेल गरेको घटनाप्रति प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले अनविज्ञता व्यक्त गरेका छन् ।

घिमिरेले नेतृत्व गरेको मन्त्रालय मातहत रहेको स्वास्थ्य निर्देशनालय, धनकुटाले गरेको ठेक्का प्रक्रियामा तीन करोड रुपैयाँको चलखेल भएको थियो । कोशीमा (हाई डिपेन्डेन्सी युनिट) एचडीयू सञ्चालनका लागि आवश्यक सामग्री खरिद सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विशाल पाण्डितको हस्पिटेक इन्टरप्राइजेजलाई ठेक्का दिइएको थियो ।

टेण्डर प्रतिस्पर्धा सहभागी निक्की फर्मा डिस्टिब्युटरले ५ करोड १ लाख ८७ हजार ७६३ रुपैयाँ र जिआईएच हेल्थ केयर प्रालीले ५ करोड ४६ लाख ८० हजार ७०० रुपैयाँ कबोल गरेको थियो । तर ८ करोड २९ लाख १९ हजार ४०० कबोल गरेको हस्पिटेकलाई ठेक्का पारिएको छ र, सम्झौता समेत भइसकेको छ ।

मन्त्री घिमिरेले भने ठेक्काबारे आफू अनविज्ञ रहेको दाबी गरे । ‘मलाई त जानकारी भएन, ठेक्का लागिसक्यो र !’ उनले भने ।

ठेक्का लागेर अनियमिता भएको खबरहरु आएका छन् नि भन्ने प्रश्नमा उनी, ‘मैले त बुझ्नै पाएको छैन’ भन्दै पन्छिए ।

सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले भने समाचार आएपछि आफूले बुझ्दा सम्झौता नियम अनुसार नै भएको जवाफ पाएको बताए । उनले भने, ‘धेरै प्राविधिक कुरा त म पनि जान्दिन ।’

मन्त्रालयको काम धेरै हुने भएकाले मन्त्रालयले यसबारे थप चासो देखाउन नपाएको उनले दाबी गरे ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?