+
+
Shares

गोरखाको जंगलमा भरुवा बन्दुक भेटियो

बिकास मरहट्टा बिकास मरहट्टा
२०७७ मंसिर २३ गते ७:४९

२३ मंसिर, गोरखा । गोरखाको पालुङटार नगरपालिका–६ को घिमिरेचोक बर्षले सामुदायिक वनमा भरुवा बन्दुक फेला परेको छ ।

इलाका प्रहरी कार्यालय ठाटीपोखरीबाट गस्ती गएको प्रहरी टोलिले शनिवार साँझ जंगलमा बन्दुक भेटेको हो ।

वन्यजन्तुको शिकारका लागि उक्त बन्दुक प्रयोग भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ‘यो जंगल कालिज पाउने क्षेत्र रहेछ,’ इलाका प्रहरी कार्यालय ठाटीपोखरीका प्रहरी निरिक्षक सोमदास ढकालले भने, ‘त्यसकै शिकार गर्न यो बन्दुक प्रयोग भएको हुनसक्ने आशंका छ ।’

सडक छेऊ बन्दुक भेटिए पनि वरिपरि मान्छे नभेटिएको उनले बताए । हाल बरामद बन्दुकलाई इलाका प्रहरी कार्यालय, ठाटीपोखरीमा राखिएको डिएसपी वासुदेव खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?