Comments Add Comment

केही सातामा कोरोना खोपलाई अनुमति दिने भारतको तयारी

२५ मंसिर, काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयले अबको केही सातामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई अनुमति दिइने बताएको छ । मन्त्रालयले आफ्नो सुरुवाती योजनाअनुसार ३० करोड मानिसहरुलाई खोप प्रदान गरिने उल्लेख छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना खोपको लागि तीन खोप कम्पनीले आवेदन दिएका छन् । आवेदन दिनेमध्येको एक सेरम इन्स्टिच्युट अफ इन्डियाले एक्स्ट्राजेनेकाको खोप निर्माणको अनुमति पाएको छ । अमेरिकी कम्पनी फाइजर र भारतीय खोप निर्माता भारत बायोटेकले पनि कोरोना खोपको अनुमतिका लागि आवेदन दिएका छन् ।

यीमध्ये केहीले केही सातामा भारतमा कोरोना खोपको अनुमति पाउने अधिकारीहरुको भनाइ छ । भारतले आफ्नो सुरुवाती खोप कार्यक्रममा एक करोड स्वास्थ्यकर्मी, दुई करोड फ्रन्ट लाइन वर्कर र २७ करोड ५० वर्षभन्दा बढी उमेरका मानिसहरुलाई खोप दिइने बताएको छ । यसअघि भारतको स्वास्थ्य मन्त्रालयले सन् २०२१ को अगष्टबाट मुलुकमा खोप कार्यक्रम सुरु गर्ने बताएको थियो ।

भारत बायोटेकले आफ्नो खोपको तेस्रो चरणको परीक्षण पनि पूरा गरेको छैन तर उसले आफ्नो कोरोना खोपलाई अनुमति दिन आवेदन दिइसकेको छ ।

स्रोत : एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment