
२ पुस, काठमाडौं । थोरै सुन धितोमा राखेर बढी कर्जा प्रवाह गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरस्थित महालक्ष्मी विकास बैंक, कुमारीपाटी शाखाबाट ऋण लिएका व्यक्तिहरु छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कम धितोमा ७ करोड ऋण लिएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । थप व्यक्तिहरुलाई पक्राउ गर्न बाँकी रहेकाले तीन जनाको नाम सार्वजनिक गरिएको छैन ।
स्रोतका अनुसार उनीहरुले बैंकका कर्मचारी, सुन जाँचकी लगायतसँगको सेटिङमा ऋण लिएका थिए । थप अनुसन्धान जारी छ ।
नोटः महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4