Comments Add Comment

इजरायलमा कोरोना खोप कार्यक्रम सुरु

Photo Credit : AFP

५ पुस, काठमाडौं । इजरायलमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र स्वास्थ्यमन्त्रीले कार्यक्रम सुरु गर्दै शनिबार फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप लगाएका थिए । प्रधानमन्त्री नेतान्याहूले मानिसहरुलाई खोप लगाउन प्रेरित गर्न सबैभन्दा पहिला आफूले यो खोप लिएको बताए । उनले खोपको सहयोगमा मानिसहरुको जनजीवन सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गरे ।

नेतान्याहूले कोरोना खोप आउनु महामारीको अन्त्य हुने पहिलो कदमको सुरुवात भएको बताएका छन् । आइतबारदेखि इजरायलमा विभिन्न १० अस्पताल र खोप केन्द्रबाट स्वास्थ्यकर्मीहरुले खोप लगाउन पाउनेछन् । स्वास्थ्यकर्मीपछि ६० वर्षभन्दा बढी उमेरका मानिसहरुलाई खोप लगाइनेछ ।

एक साताअघि इजरायलमा पहिलो चरणको खोप आइपुगेको थियो । सरकारले प्रतिदिन ६० हजार मानिसलाई खोप लगाउने लक्ष्य लिएको छ । इजरायलले फाइजरसँग ८० लाख डोज कोरोना खोपको लागि सम्झौता गरेको छ । इजरायलमा कोरोनाबाट तीन हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment