Comments Add Comment

नेपालमा संसद भंगबारे यस्तो छ भारतीय अधिकारी र मिडियाको धारणा

६ पुस, काठमाडौं । संसद विघटन गर्ने र नयाँ निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई भारतीय संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

भारतको संस्थापनसँग निकट मानिने अंग्रेजी पत्रिका दि हिन्दुस्तान टाइम्सले किनारामा पारिएका नेपालका प्रधानमन्त्री ओलीले विपक्षी पार्टीहरुलाई लक्षित गरेर ठूलो कदम चालेको र सो कदमले चीनलाई पनि दुखित बनाउने उल्लेख गरेको छ । सो पत्रिकाले ओलीको कदम ‘सरप्राइज’ भएको र सरकारलाई जोगाउने प्रयासलाई पनि अन्त्य गरिदिएको समेत उल्लेख गरेको छ । सो पत्रिकाले पछिल्लो समयमा नेपालका लागि चिनियाँ राजदूतले सरकार जोगाउने प्रयास गरेको उल्लेख गरेएको छ ।

दि प्रिन्ट अनलाइनले भने नेपालमा संसद भंग भएको बारेमा भारतको प्रतिक्रिया के हुन्छ भनी त्यहाँको उच्च अधिकारीसँग कुराकानी गरी समाचार प्रकाशित गरेको छ । नाम बताउन नचाहने एक भारतीय उच्च अधिकारीले दि प्रिन्टसँग भनेका छन्, ‘संसद भंग प्रक्रिया कुन रुपमा देखापर्छ अझै स्पष्ट छैन । यो नेपालको आन्तरिक मामिला हो । हाम्रो उद्देश्य भनेको नेपालको आन्तरिक राजनीतिबाट अलग रहने हो । यो उनीहरुको अवस्था हो र उनीहरुले नै यसलाई डिल गर्नुपर्छ । वास्तवमा यो एक दलभित्रको घटना हो ।’

ओलीको कदमलाई भारतले कसरी लिन्छ भनी भारतीय संचारमाध्यमले खासै उल्लेख गरेका छैनन् । अनलाइनखबरसँग कुराकानी गर्दै भारतको साउथ ब्लकसँग नजिक रहेका  एक भारतीय विज्ञले भने, ‘यसमा भारतले खासै प्रतिक्रिया जनाउँदैन, यो नेपालको आन्तरिक मामिला हो भन्छ र उसले प्रजातन्त्रको संरक्षणमा जोड दिन्छ ।’

यो पनि पढ्नुहोस भारतीय विज्ञ भन्छन् : भारतका लागि सकारात्मक र चीनका लागि नकारात्मक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment