६ पुस, काठमाडौं । नेपालको मानसिंह डोजोले १३औं कोरिया ओपन अन्तर्राष्ट्रिय अनलाइन कराँते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । मानसिंहले थप १ रजत पनि हात पार्यो ।
मानसिंहका लागि महिला यु-९ मा अनु मोक्तान र पुरुष यु-१२ मा युनिक राना मगरले स्वर्ण जिते । त्यस्तै १४-१५ वर्ष पुरुषमा अनिश मण्डल तथा महिलामा सविता तामाङले पहिलो स्थान हात पारेको मानसिंहका प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय जज महेश महर्जनले जनाएका छन् । महिला यु-१३ मा सविना तामाङले रजत जितिन् । मानसिंहका पाँचै खेलाडीले कुमुतेमा पदक जितेका हुन् ।
नेपालबाट प्रतिस्पर्धा गरेका अन्य खेलाडी आर्यन रन्जितले पुरुष यु-१० कुमुते मा स्वर्ण जिते । सिनियर कातामा जमनसिंह गुरुङ पहिलो भए । जमन केही वर्षयता दक्षिण कोरियामा बस्दै आएका छन् ।
एसकेडियुएनका रामनारायण श्रेष्ठले कांस्य, रोइता सिंहले रजत र उषा शर्माले कांस्य हासिल गरे । तीनैले एकल कातामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया 4