
७ पुस, काठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९५ हजार दुई सयमा कारोबार भएको छापावल सुनको भाउ मंगलबारका लागि ९४ हजार नौ सय रुपैयाँ तोकिएको छ ।
यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य ९४ हजार चार सय रुपैयाँ ताकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको आजको भाउ १३१५ रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4