+
+
Shares

भोजनको बर्गिकरण र मात्रा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ७ गते १५:०२

शरीरलाई शक्ति प्रदान गर्न, शरीरलाई चलायमान बनाउन, शरीरलाई निरोगी तुल्याउन हामीले बाहिरी स्रोतबाट खानापान ग्रहण गर्नुपर्छ । हामी हिँड्छौ, बस्छौ, उफ्रन्छौ, खेल्छौ, काम गर्छौ । यस अवस्थामा शरीरलाई चाहिने आवश्यक उर्जा खानपानबाटै प्राप्त हुन्छ । हाम्रो शारीरिक अवयव पनि कमजोर हुन्छ, त्यसमा क्षति पुग्छ । अतः त्यसको क्षतिपूर्तिका लागि पनि भोजन आवश्यक छ । संक्षेपमा भोजनले निम्न काम गर्छ ।

भोजन वर्गिकरण

भोजनबाट प्राप्त पोषक तत्वको कार्यको आधारमा तीन भागमा बाढ्न सकिन्छ ।

एक, शारीरिक विकास, बृद्धि एवं जैविक कार्यका लागि उर्जा प्रदान गर्ने पदार्थ

दुई, शरीर निर्माण गर्ने पोषक तत्व

तीन, स्वास्थ्य रक्षा गर्ने पदार्थ

सन्तुलित आहारको विभिन्नता

विभिन्न व्यक्तिको अनेक कार्य अनुसार भोजनमा विभिन्न पौष्टिक तत्व भिन्न भिन्न मात्रामा आवश्यक हुन्छ ।

उमेर– बाल्यवस्थामा जब शरीर विकसिकत हुन्छ तब बालकलाई वोसो र प्रोटिन अधिक मात्रामा चाहिन्छ । वृद्धावस्थामा पाचनशक्ति दुर्बल हुन्छ, तब यी तत्वको आवश्यक्ता कम हुँदै जान्छ ।

जलवायु– शीतप्रधान देशमा ग्रीष्मा प्रधान देशको अपेक्षा तापको अधिक उपयोग हुन्छ । अतः शीत प्रदान देशमा अपे्क्षाकृति अधिक भोजनको आवश्यक्ता हुन्छ ।

लिंग– पुरुषको अपेक्षा महिलाको लागि भोजनको मात्रा अलि कम आवश्यक हुन्छ ।

परिश्रम– शारीरिक परिश्रम गर्ने व्यक्तिको शरीरमा अधिक उर्जा वा उष्णता ह्रास हुन्छ । त्यसको पूर्तिका लागि अधिक भोजन चाहिन्छ ।

यी भए खानपानबारे आधारभूत कुरा । खाना किन खाने, कति खाने, कसरी खाने भन्ने कुरा हाम्रो शारीरिक अवस्थाले पनि निर्धारण गर्छ । यद्यपी हामीले त्यती नै खाना खानुपर्छ, जति शरीरलाई आवश्यक छ । हामीले त्यसरी नै खाना खानुपर्छ, जसलाई सहज रुपमा पचाउन सकिन्छ ।

खानपान सूत्र

१. ताजा, पोषिलो, सन्तुलित र सुपाच्य खानेकुरा सेवन गरौ ।

२. संभव भएसम्म आफैले पकाएको खानेकुरा सेवन गरौं । कम्तीमा आफ्नै घरमा पकाएको सेवन गरौ ।

३. दिनभरमा कम्तीमा चार÷पाँच पटक खानेकुरा सेवन गरौं । धेरै पटक तर थोरै थोरै मात्रामा खानेकुरा सेवन गर्दा पाचन यन्त्रलाई सहज हुन्छ ।

४. दिनभरको खानामा विविधता पस्कने प्रयास गरौ । सन्तुलित भोजना ग्रहण गरौ ।

५. विहान नास्ता अनिवार्य गरौं । साँझ सूर्योअस्तपछि धेरै खानपान नगरौ ।

६. मौसमी र प्राकृतिक खानेकुरामा जोड दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?