Comments Add Comment

युटुबमा ‘छक्का पन्जा ३’को प्रशंसा

हलमा रिलिज भएको २ बर्ष भन्दा बढी समयपछि चलचित्र ‘छक्का पन्जा ३’ युटुबमा रिलिज भएको छ । हाइलाइट्स नेपालले बुधबार यो चलचित्र युटुबमा रिलिज गरेको हो । रिलिजको १५ घन्टामा चलचित्रलाई ६ लाख भन्दा बढी पटक हेरिएको छ । चलचित्रलाई ३० हजार लाइक समेत मिलेको छ भने ४ हजारले डिसलाइक गरेका छन् ।

यो चलचित्रलाई दर्शकले प्रशंसा गरेका छन् । चलचित्रले उठान गरेको बिषयवस्तु, केदार घिमिरेको कमेडीलाई दर्शकले उत्कृष्ट भनेका छन् ।

कतिपय दर्शकले व्यक्तिगत रुपमा दीपकराज गिरी र दीपाश्री निरौलामाथि असन्तुष्टी व्यक्त गरेपनि राम्रो चलचित्रलाई राम्रो भन्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

नेपालको ७ नम्बर ट्रेन्डिङमा रहेको यो चलचित्रले दर्शकको उल्लेख्य साथ पाउने अपेक्षा गरिएको थियो । चलचित्रले हलमा बम्पर व्यापार गरेको थियो । अहिलेसम्म रिलिज भएका नेपाली चलचित्रमा सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड ‘छक्का पन्जा ३’सँग छ ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment