
९ पुस, काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमलाई आफूले नोट गरेको भारतको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले अहिलेको घटना नेपालको आन्तरिक मामिला भएको बताए ।
उनले भने, ‘नेपालको राजनीतिक विकासक्रमलाई हामीले नोट गरेका छौं, यो नेपालले प्रजातान्त्रिक प्रक्रियाद्वारा निर्णय लिने आन्तरिक मामिला हो । एक छिमेकी र शुभचिन्तकको हिसाबले नेपाल र त्यहाँका जनतालाई शान्ति, समृद्धि र विकासको बाटोमा अग्रसर हुन भारतले निरन्तर सहयोग गरिरहने छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4