Comments Add Comment

रेष्टुरेन्टले तयार पार्यो २४ क्यारेट सुनको बर्गर !

काठमाडौं । एउटा बर्गरको मूल्य कति पर्ला ? सामान्य वर्गरको मूल्य त खासै नहोला । तर जब बर्गरमा सुन लेपन गरिन्छ, त्यसको मूल्य अचाक्ली नहुने कुरै भएन ।

दक्षिण अमेरिकी मुलुक कोलम्बियाको राजधानी बोगोटामा रहेको एक रेष्टुरेन्टले २४ क्यारेट सुन लेपन गरिएको बर्गर तयार पारेको छ ।

टोरो म्याककोए नामक उक्त रेष्टुरेन्टले तयार पारेको सुनौलो बर्गरको मूल्य २ लाख कोलम्बियन पेसो रहेको छ । यो भनेको झण्डै ५७ अमेरिकी डलर अर्थात् झण्डै ७ हजार रुपैयाँ छ ।

रेष्टुरेन्टले सामाजिक सञ्जालमा राखेको उक्त विशेष बर्गरको भिडियो हजारौंले हेरिसकेका छन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment