+

चेल्सीविरुद्धको खेलमा म्यानचेष्टर सिटीका ५ खेलाडी बाहिर

२०७७ पुष  १८ गते ७:३८ २०७७ पुष १८ गते ७:३८
चेल्सीविरुद्धको खेलमा म्यानचेष्टर सिटीका ५ खेलाडी बाहिर

१८ पुस, काठमाडौं । प्रिमियर लिगमा आइतबार चेल्सी र म्यानचेष्टर सिटी बीचको खेल हुँदैछ । तर लण्डन क्लबविरुद्ध खेल्दा सिटीका ५ खेलाडी भने टिम बाहिर रहनेछन् । कोरोना रिपोर्ट पोजेटिभ आएपछि ती खेलाडीहरु सिटीको टिममा हुने छैनन् ।

केल वाल्कर र गाब्रीएल जेसस र अन्य तीन खेलाडी अहिले आइसोलेसनमा छन् ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अहिले नाम भन्न नमिल्ने बताए । ‘मलाई लाग्दैन कि प्रिमियर लिगले हामीलाई नाम भन्न दिन्छ तर आइतबार तपाईलाई नाम थाहा हुनेछ,’ ग्वार्डिओलाले भने ।

२०२० डिसेम्बर २८ मा एभरटनविरुद्ध तय भएको सिटीको खेल खेलाडीमा कोरोना पोजेटिभ देखिएकै कारण स्थगित गरिएको थियो । तीबाहेक अन्य खेलाडीहरुको परीक्षण भने नेगेटिभ आएको बीबीसीले जनाएको छ ।

ग्वार्डिओलाले गुडिसन पार्कमा एभरटनविरुद्ध खेल्न सिटीसँग पर्याप्त खेलाडी रहेको तर कोरोना परीक्षणको रिपोर्ट त्यही दिन आएकाले स्थगित भएको बताए । ‘हामी खेल्न चाहन्थ्यौँ तर खेलको दिन अरु नयाँ पोजेटिभ केस आएपछि हामीले प्रिमियर लिगलाई जानकारी गरायौँ,’ ग्वार्डिओलाले भने, ‘मैले व्यक्तिगत रुपमा एभरटनका म्यानेजर कार्लो एन्सेलोट्टीलाई फोन गरेर अवस्थाको बारेमा भनेको थिएँ किनकी अघिल्लो दिन हामीसँगै थियौँ ।’

चेल्सीका विंगर हाकिम जियाचले ह्यामस्ट्रिङ चोटपछि पहिलो पटक खेल्ने सम्भावना रहेको छ । तर सोही उस्तै समस्याका कारण डिफेण्डर रिस जेम्सले पनि खेल गुमाउनेछन् ।

चेल्सी प्रिमियर लिग म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय