
२५ पुस, काठमाडौं । काठमाडौंको टोखामा श्रीमान-श्रीमती मृत भेटिएका छन् । श्रीमती सुदिक्षा गिरी र उनका श्रीमान उमेश केसी मृत भेटिएका हुन् ।
उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । सुर्खेत घर भएका उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए ।
गएराति उमेश बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए भने श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उमेशको कानबाट रगत बगेको पाइएको छ । नजिकै सिलौटो पनि भेटिएको छ ।
‘कोठाभित्रबाट लक थियो । त्यसैले बाहिरबाट कोही गएर हत्या गरेको पनि देखिँदैन,’ ती अनुसन्धान अधिकृतले भने, ‘अनुसन्धान जारी छ ।’
विस्तृत विवरण भने पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीका डिएसपी प्रमिश विष्टले घटनाबारे आफूहरुले गएराति पौने नौ बजे खबर पाएको र त्यसलगत्तै घटनास्थलमा पुगेर मुचुल्का उठाइ पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी दिए ।
प्रतिक्रिया 4